कोरोनाको मारमा अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ प्रदर्शन मिति सर्‍याे

काठमाण्डौ । विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई विश्वव्यापी महामारीको घोषणा गरिसकेको छ । 

कैयौँ देशमा विद्यालयहरु बन्द गरिएका छन्, संघसंस्थाहरुका कर्मचारीलाई बिदा दिएर घरबाटै काम गर्न लगाइएको छ । यात्राहरु रद्द गरिएका छन्, प्रचार तथा फिल्म छायाँकनका कामहरु स्थगित गरिएका छन् । यसको असर भारतीय फिल्म उद्योगमा पनि परिसकेको छ, कैयांँ फिल्मको छायाँकन तथा प्रदर्शनको मिति पछाडि धकेलिएका छन् । 

अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ यही मार्च २४ मा रिलिज हुने भनिएको थियो । तर यस फिल्मलाई पनि कोरोना भाइरसको असर परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मको प्रदर्शन मिति पछाडि धकेलिने बताइएको छ । 

फिल्मका निर्देशक रोहित शेट्टी, अभिनेता अक्षय कुमार र निर्माता करण जोहरले रिलायन्स इन्टरटेनमेन्ट फिल्मको प्रदर्शन मिति सार्ने विषयमा बैठक बसेर छलफल गरिसकेका छन् । फिल्मको ट्रेलर यही मार्च २ मा सार्वजनिक गरिएको थियो । यस फिल्मको पहिलो गित रिलिज पनि कोरोनाकै कारण स्थगित गरिएको छ । 

कोरोना भाइरस संसारभर महामारीको रुपमा फैलिरहेको छ । यसै कारण फिल्म निर्माताहरु घाटाको व्यापार गर्न चाहिरहेका छैनन् । खबरहरुका अनुसार ‘सूर्यवंशी’को टिमले अर्को महिनासम्मको लागि फिल्म प्रदर्शन स्थगित गर्ने बताइएको छ । 

अक्षय कुमार तथा कट्रिना केफको मुख्य भूमिका रहने यस फिल्ममा अभिनेता अजय देवगन तथा रणवीर सिंहको पनि अतिथि भूमिका रहेको छ । यसैकारण दर्शकहरु फिल्म हेर्न निकै उत्साहित थिए । तर कोरोना भाइरसका कारण दर्शकहरु हलसम्म जान चुनौती हुने अनुमान गरिएको थियो । 

यसैबीच अहिले फिल्मको प्रर्दशन मिति स्थगित गर्ने खबरलाई सकारात्मक रुपमा लिइएको छ । अब फिल्म ‘सूर्यवंशी’ कहिले प्रदर्शन हुन्छ भन्ने बारेमा आधिकारिक घोषणा गरिएको छैन । 

प्रतिकृया दिनुहोस

भेरी नदिमा र्याप्टीङ्गको सफल परिक्षण

# मनोरन्जन

सल्यान । भेरी नदिमा जलयात्रा सम्भाव्यता अध्यन गरिएको छ । बनगाड कुपिण्डे नगरपालीकाको भेरी नदि पुल देखि नगरको सिमाना रैकर वजार धारापानी सम्मको जल

सुरु भयो ‘२ नम्बरी’को छायांकन

# मनोरन्जन

चलचित्र निर्माता संघले कोरोना त्रासका कारण चलचित्रको छायांकन रोक्न आग्रह गरेपनि निर्माताहरुले भने छायांकन रोकेका छैनन् । अहिले केही चलचित्रको

प्रियंका लेख्छिन्–‘प्रिय श्रीमान्, हरेक बिहान म तिम्रो प्रेममा डुबेकी छु’

# मनोरन्जन

काठमान्डाैं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी केही दिन अगाडि मात्र बैबाहिक जीवनमा बाँधिएका थिए । आयुष्मान र प्रियंका अहिले