भेरी नदिमा र्याप्टीङ्गको सफल परिक्षण

फाइल फाेटाे

सल्यान । भेरी नदिमा जलयात्रा सम्भाव्यता अध्यन गरिएको छ । बनगाड कुपिण्डे नगरपालीकाको भेरी नदि पुल देखि नगरको सिमाना रैकर वजार धारापानी सम्मको जल यात्रा परिक्षण गरिएको हो । 

कर्णाली र्याप्टीङ्ग एडभेन्चर प्रालीले २ वटा र्याप्टीङ्ग वोटमा २२ जना यात्रु वोकेरे भेरी नदिमा जलयात्राको परिक्षण गरेको छ । साथै नगरको उक्त क्षेत्र भेरी नदि किनारमा होमस्टे र कटेजहरुको खोल्नको लागि स्थान अध्ययन पनि गरिएको छ । पर्यटनसँगै निक्कै महत्व वोकेको भेरी नदिमा र्याप्टीङ्ग झनै पर्यटकहरुका लागि राम्रो गन्तव्य मानिन्छ । बनगाड कुपिण्डे नगरपालीकाको पहलमा र्याप्टीङ्ग जल यात्राको लागि विहीवार परिक्षण गरिएको हो । 

सल्लीवजारका व्यापारि, नगर उप प्रमुख मञ्जु यरी,प्रमुख प्रशासकिय अधिकृत मोहन खड्का,वडा अध्यक्ष शान्त कुमार यरी,टेकवहादुर पुन र पर्यटन व्यवसायी शंकर यरी,दिपक यरि लगाएतको टोलिले भेरी नदिमा र्याप्टीङ्गको परिक्षण गरेको हो । जल यात्राको लागि जोखिम वहन कम गर्ने साधान हेलमेट,प्याडल र ज्याकेट लगाएको टोलि भेरी नदिमा र्याप्टीङ्ग गरिरहेको दृश्य भेरी नदि किनारका स्थानीयले रमाईलो गरि हेरीरहेका थिए । 

नगरको पर्यटन प्रवद्धनसँग जोडिएको भेरी नदिमा र्याप्टीङ्ग अत्यन्तै सम्भावना वोकेको व्यवसायका रुपमा चिनिएको छ । भेरी नदिमा पर्यटन प्रवद्धनको लागि र्याप्टीङ्ग नगरको अर्को आय स्रोतका रुपमा लिन सकिने नगरपालीकाको भनाई छ । नगरले योजना वनाई यो कामलाई  पनि प्राथामिकतामा राखेको छ । 

बनगाड कुपिण्डे नगरको क्षेत्र भित्र भेरी नदिमा यो व्यवसायी फस्टाउने पर्यटन व्यवसायी देवराम जैसीको भनाई छ । नगरले यो क्षेत्रमा योजना वनाई काम गरे फाईदा हुने जनाएको छ । पहिलो चरणमा नगरको भेरी पुल देखि सिमाना रैकर धारापानी सम्मको र्याप्टीङ्ग परिक्षण गरिएको छ भने दोस्रो चरणमा जाजरकोट फेरा देखि भेरी पुल सम्मको अध्यन अवलोकन गर्ने जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

कोरोनाको मारमा अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ प्रदर्शन मिति सर्‍याे

# मनोरन्जन

काठमाण्डौ । विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई विश्वव्यापी महामारीको घोषणा

सुरु भयो ‘२ नम्बरी’को छायांकन

# मनोरन्जन

चलचित्र निर्माता संघले कोरोना त्रासका कारण चलचित्रको छायांकन रोक्न आग्रह गरेपनि निर्माताहरुले भने छायांकन रोकेका छैनन् । अहिले केही चलचित्रको

प्रियंका लेख्छिन्–‘प्रिय श्रीमान्, हरेक बिहान म तिम्रो प्रेममा डुबेकी छु’

# मनोरन्जन

काठमान्डाैं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी केही दिन अगाडि मात्र बैबाहिक जीवनमा बाँधिएका थिए । आयुष्मान र प्रियंका अहिले