सुरु भयो ‘२ नम्बरी’को छायांकन

चलचित्र निर्माता संघले कोरोना त्रासका कारण चलचित्रको छायांकन रोक्न आग्रह गरेपनि निर्माताहरुले भने छायांकन रोकेका छैनन् । अहिले केही चलचित्रको छायांकन धमाधम भैरहेको छ । चलचित्र ‘परदेशी २, ए मेरो हजुर ४’को छायांकन अगाडि बढिरहेको छ ।

अब, चलचित्र ‘२ नम्बरी’को पनि छायांकन सुरु गरिएको छ । पोखरामा आजबाट चलचित्रको छायांकन सुरु भएको हो । दिपेन्द्र लामाको निर्देशनमा तयार हुने यो चलचित्रलाई ३५ दिन खिचिनेछ । सम्पूर्ण छायांकन पोखरामा नै हुने निर्माणपक्षले बताएको छ ।

चलचित्रका मुख्य दुई कलाकार नायक दयाहाङ राई र नायिका उगेन छोदेनले पहिलो दृश्य दिएका छन् । चलचित्रका मुख्य २ कलाकार नायक पल शाह र नायिका वर्षा राउत भने चैत्र ५ गतेबाट छायांकनमा जोडिनेछन् । यो चलचित्रले २ साथीको मित्रताको कथा भन्छ ।

प्रतिकृया दिनुहोस

कोरोनाको मारमा अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ प्रदर्शन मिति सर्‍याे

# मनोरन्जन

काठमाण्डौ । विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई विश्वव्यापी महामारीको घोषणा

भेरी नदिमा र्याप्टीङ्गको सफल परिक्षण

# मनोरन्जन

सल्यान । भेरी नदिमा जलयात्रा सम्भाव्यता अध्यन गरिएको छ । बनगाड कुपिण्डे नगरपालीकाको भेरी नदि पुल देखि नगरको सिमाना रैकर वजार धारापानी सम्मको जल

प्रियंका लेख्छिन्–‘प्रिय श्रीमान्, हरेक बिहान म तिम्रो प्रेममा डुबेकी छु’

# मनोरन्जन

काठमान्डाैं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी केही दिन अगाडि मात्र बैबाहिक जीवनमा बाँधिएका थिए । आयुष्मान र प्रियंका अहिले