प्रियंका लेख्छिन्–‘प्रिय श्रीमान्, हरेक बिहान म तिम्रो प्रेममा डुबेकी छु’

काठमान्डाैं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी केही दिन अगाडि मात्र बैबाहिक जीवनमा बाँधिएका थिए । आयुष्मान र प्रियंका अहिले जीवनको नयाँ चरणमा प्रवेश गरेका छन् ।

प्रियंका र आयुष्मानको भेट ३ बर्ष अगाडि भएको थियो । ३ बर्ष अगाडि मार्च ११ तारिखमा एक अर्कासँग जोडिएको यो जोडीले भेट भएको ३ बर्षपछि बिहे गरेको हो । आयुष्मानसँग भेटेको ३ बर्ष भएको भन्दै नायिका प्रियंका कार्कीले आफ्नो मनको भाव व्यक्त गरेकी छिन् ।

प्रियंका लेख्छिन्–‘मार्च ११ तारिखमा ३ बर्ष अगाडि हाम्रो भेट भएको थियो । त्यसको केही हप्तामै हामी प्रेमी–प्रेमिका बनेका थियौं । म अहिले पनि यो बारेमा सोच्दा लाज मान्छु । मैले यो समयमा यस्तो खुशीको अनुभव गरेँ, जुन त्यस भन्दा अगाडि कहिले पनि गरेकी थिइनँ ।’

प्रियंका अगाडि लेख्छिन्–‘यो तिन बर्षमा हामी ठूलो हुँदै गयौं, समयसँगै हामी परिवर्तन पनि भएका छौं । तर, एउटा कुरा कहिले पनि परिवर्तन भएन । म अहिले पनि हरेक बिहानी तिम्रो प्रेममा डुब्ने गर्छु । अझै गहिराइको साथमा ।’

प्रियंकाले ‘प्रिय श्रीमान्’ भन्दै आयुष्मानलाई धेरै माया गर्ने उल्लेख गरेकी छिन् । अनलाइन खबरवाट

प्रतिकृया दिनुहोस

कोरोनाको मारमा अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ प्रदर्शन मिति सर्‍याे

# मनोरन्जन

काठमाण्डौ । विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई विश्वव्यापी महामारीको घोषणा

भेरी नदिमा र्याप्टीङ्गको सफल परिक्षण

# मनोरन्जन

सल्यान । भेरी नदिमा जलयात्रा सम्भाव्यता अध्यन गरिएको छ । बनगाड कुपिण्डे नगरपालीकाको भेरी नदि पुल देखि नगरको सिमाना रैकर वजार धारापानी सम्मको जल

सुरु भयो ‘२ नम्बरी’को छायांकन

# मनोरन्जन

चलचित्र निर्माता संघले कोरोना त्रासका कारण चलचित्रको छायांकन रोक्न आग्रह गरेपनि निर्माताहरुले भने छायांकन रोकेका छैनन् । अहिले केही चलचित्रको