इटालियन क्लब युभेन्टसका डिफेन्डर डानिली रुगानीलाई कोरोना भाइरस को सङ्क्रमण
काठमाण्डाै । इटालियन क्लब युभेन्टसका डिफेन्डर डानिली रुगानीलाई कोरोना भाइरस (काेराेना भाइरस) को सङ्क्रमण भएको पुष्टि भएको छ । पछिल्लो पटककाे परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखिएको छ । २५ वर्षे डानिलीसँग रहेका अरु व्यक्तिलाई पनि आइसोलेशनमा राखिएको छ ।
इटलीमा कोरोनाको त्रासका कारण आउँदाे ३ अप्रिलसम्म सबै खेलकुद गतिविधि बन्द गरिएको छ । यो सिजन युभेन्टसका लागि सात खेल खेलेका रुगानीले आइतबार भएको दर्शकबिनाकाे इन्टर मिलानसँगको खेलमा बेन्चमा थिए । त्याे खेलमा युभेन्टस दुई–शून्यले विजयी भएको थियो । कोरोनाको त्रासका कारण नै युरोपा लिगअन्तर्गत गेटाफेसँगको इन्टर मिलानको खेल स्थगित गरिएको छ ।
रुगानीलाई कोरोना सङ्क्रमण देखिएपछि युभेन्टसले सबै चाहिने प्रक्रिया अपनाएको जनाएको छ । युभेन्टसबाट रुगानीले चार पटक सिरी ए को उपाधि जितेका छन् । यसका साथै उनले इटली टिमबाट सात पटक खेलेका छन् ।
हाप्की डो संघ कर्णालीको अध्यक्षमा सल्यानका खेलाडि पुन चयन
# खेलकुद
सल्यान। नेपाल मार्सल आर्टस, हाप्की डो संघ कर्णालीको अध्यक्षमा शेर बहादुर पुन चयन भएका छन् । विहिबार विरेन्द्र नगर सुर्खेतमा सम्पन्न कार्यक्रमले
चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा जाउलाखेल युथ क्लब
# खेलकुद
मलंगवा । जाउलाखेल युथ क्लब सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा
रोनाल्डो पनि क्वारेन्टाइनमा
# खेलकुद
काठमाडौं । विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटलबरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो

प्रतिकृया दिनुहोस