हाप्की डो संघ कर्णालीको अध्यक्षमा सल्यानका खेलाडि पुन चयन

सल्यान। नेपाल मार्सल आर्टस, हाप्की डो संघ कर्णालीको अध्यक्षमा शेर बहादुर पुन चयन भएका छन् । विहिबार विरेन्द्र नगर सुर्खेतमा सम्पन्न कार्यक्रमले सल्यानका पुन अध्यक्ष रहेको ९ सदस्यीय प्रदेश समिति गठन गरेको हो । 
जसको उपाध्यक्षमा टक्क बहादुर शाही (हुम्ला), सचिव जगत प्याकुरेल (सुर्खेत), कोषाध्यक्ष खड्ग थापा (सल्यान), सदस्यहरुमा सिर्जना के सी (पश्चिम रुकुम), ऐटन मल्ल (मुगु), राधा बि .क (सुर्खेत ), गोकर्णनाथ योगी (जुम्ला) र गोपाल बुढा (हुम्ला) रहेका छन् । 
कार्यक्रममा प्रमुख अतिथि नेपाल मार्शल आर्टस् हाप्किडो संघ केन्द्रीय अध्यक्ष काली बहादुर घर्ती मगरले नव निर्वाचीत कार्यसमितीलाई बधाई ज्ञापन गर्दै प्रदेशभर हाप्की डो लाई विस्तार गर्न आग्रह गरेका थिए । खेलकुद विकास समिति कर्णाली प्रदेश प्रमुख बिरोध बिक्रम बि.सि., खेलकुद विकास समिति सुर्खेत कार्यलय प्रमुख राम बहादुर वली  लगाएतले कार्यक्रममा मन्तव्य राखेका थिए । 
नेपाल मार्सल आर्ट हाप्की डो संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा १६८ औं संघका रुपमा दर्ता भइसकेको छ । 
 

प्रतिकृया दिनुहोस

चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा जाउलाखेल युथ क्लब

# खेलकुद

मलंगवा । जाउलाखेल युथ क्लब सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा

रोनाल्डो पनि क्वारेन्टाइनमा

# खेलकुद

काठमाडौं । विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटलबरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो

सदस्य सचिव र लियोनादोबीच भेटघाट

# खेलकुद

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र एपी १ क्रिकेट सिजनका होस्ट एवं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् दुवईका