चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा जाउलाखेल युथ क्लब
मलंगवा । जाउलाखेल युथ क्लब सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा युनाइटेड कर्साङ फुटबल क्लब दार्जिलिङलाई २–० गोलले हराउँदै जाउलाखेलले सेमिफाइनलमा स्थान बनाएको हो।
जाउलाखेलका लागि खेलको १३औं मिनेटमा रूपबहादुर लामाले पहिलो गोल गरेका थिए। दार्जिलिङका प्रशान्त राईसँग डीबक्स बाहिर खोसेको बललाई सशक्त प्रहार गर्दै लामाले गोल गरेका थिए।
पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको दार्जिलिङले जाउलाखेलविरुद्ध भने निकै कमजोर प्रदर्शन गरेको थियो। २३औं मिनेटमा सुजित बुढाथोकीले डीबक्स भित्रैबाट प्रहार गरेको बल गोलरक्षकले उत्कृष्ट बचाउ गर्दा जाउलाखेल गोल खानबाट बचेको थियो। २६औं मिनेटमा आशिष देवानले निकालेको राम्रो पासलाई प्रशान्त गुरुङले गोलमा परिणत गर्न नसक्दा दार्जिलिङले सुनौलो मौका गुमाएको थियो।
खेलको ६७औं मिनेटमा जाउलाखेलका सुजित बुढाथोकीले दिएको पासलाई विदेशी खेलाडी फोफोनाले सदुपयोग गर्दै गोलअन्तर दोब्बर बनाएका थिए। खेलको म्यान अफ दी म्याच जाउलाखेलका रूपबहादुर लामा बने। उनले नगद १० हजार प्राप्त गरे। जाउलाखेलले शनिबार कञ्चनजंघा फुटबल क्लब सिक्किमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। शुक्रबार सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।
हाप्की डो संघ कर्णालीको अध्यक्षमा सल्यानका खेलाडि पुन चयन
# खेलकुद
सल्यान। नेपाल मार्सल आर्टस, हाप्की डो संघ कर्णालीको अध्यक्षमा शेर बहादुर पुन चयन भएका छन् । विहिबार विरेन्द्र नगर सुर्खेतमा सम्पन्न कार्यक्रमले
रोनाल्डो पनि क्वारेन्टाइनमा
# खेलकुद
काठमाडौं । विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटलबरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो
सदस्य सचिव र लियोनादोबीच भेटघाट
# खेलकुद
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र एपी १ क्रिकेट सिजनका होस्ट एवं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् दुवईका

प्रतिकृया दिनुहोस