रोनाल्डो पनि क्वारेन्टाइनमा
काठमाडौं । विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटलबरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् ।
इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् । ३५ वर्षीय रोनाल्डो आफ्नो आमालाई भेट्न पोर्चुगल पुगेका थिए । रुगानीको खबर सुनेपछि उनी उत्तरी इटली जानु सट्टा आफ्नै घरमा रहेका हुन् ।
गत साता इन्टर मिलानविरुद्धको खेलमा युभेन्ट्सले २-० को जित हात पारेपछि टिम फोटोमा रोनाल्डो र रुगानी पनि थिए । सामाजिक सञ्जालमा मिरालेम पिजानिकले पोष्ट गरेको उक्त फोटोमा रोनाल्डो र रुगानी दुवैले खुशी मनाइहेका थिए । रुगानीसंग भेट गरेका दुवै टिमका खेलाडीहरुले अब क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । रुगानी उक्त खेलमा बेन्चमै रहेको भएर धेरैसंग उनले भेट गरेका थिएनन् ।
रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कोरोना भाइरसको कारण इटलीमा अप्रिल ३ सम्मको लागि सम्पूर्ण खेल स्थगित गरिएको छ ।
युभेन्ट्सले अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब लियोनसंग खेल्ने तालिका छ । उक्त खेल क्लोज डोरमा खेलाउने तयारी भएपछि कोरोनाकै कारण युईएफले खेल स्थगित गर्न सक्ने सम्भावना छ ।
हाप्की डो संघ कर्णालीको अध्यक्षमा सल्यानका खेलाडि पुन चयन
# खेलकुद
सल्यान। नेपाल मार्सल आर्टस, हाप्की डो संघ कर्णालीको अध्यक्षमा शेर बहादुर पुन चयन भएका छन् । विहिबार विरेन्द्र नगर सुर्खेतमा सम्पन्न कार्यक्रमले
चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा जाउलाखेल युथ क्लब
# खेलकुद
मलंगवा । जाउलाखेल युथ क्लब सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा
सदस्य सचिव र लियोनादोबीच भेटघाट
# खेलकुद
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र एपी १ क्रिकेट सिजनका होस्ट एवं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् दुवईका

प्रतिकृया दिनुहोस