मानविय सहायताका लागि स्याक नेपालको स्थानीय सरकारलाई साथ


जाजरकाेट । जाजरकोट भुकम्प प्रभावितहरुको लागि विभिन्न सरकारी, गैहसरकारी तथा नीजि एवम् व्यक्तिगत राहात सहायता कार्यले निरन्तरता पाउनुका साथै प्रतिकार्यका कामहरु समेत सञ्चालनमा आएका छन् । 

राज्यको एकद्धार प्रणालीलाई अंगिकार गर्दै विभिन्न गैह्रसरकारी राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थाहरुले अस्थायी आवास निर्माण, शौचालय निर्माण, अस्थायी सिकाई केन्द्रहरु देखि विभिन्न खाद्य एवम् गैह्र खाद्य सामाग्रीहरु सहयोग भइरहेको देखिन्छ । यसै वीच प्लान इन्टरनेशनल नेपाल र समाज जागरण केन्द्र (स्याक) नेपाल, सुर्खेतले भेरी नगरपालिका वडा नम्बर १ मैदेचौरमा ५३ घरपरिवारका लागि सरसफाइका सामाग्री र नलगाड नगरपालिका वडा नं. ३, कैनामा गर्भवती र सुत्केरी महिलाहरुका लागि डिग्नीटी किट वितरण गरिएको छ । उक्त दुवै वडाहरुमा उक्त सामाग्रीहरु वितरणको कार्य प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिसनको प्रमुख आतिथ्यता एवम् सम्वन्धित वडाका जनप्रतिनिधिको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा कन्ट्री डाइरेक्टर रामकिसनले भुकम्प प्रभावित परिवारका लागि साहानुभूति व्यक्त गर्नुका साथै सहयोग गरिएको सामाग्रीको उचित प्रयोग गरी सुरक्षित वातावरणमा वस्न आग्रह गरेका छन् । 

 

त्यसैगरी प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टरको टिमले जिल्ला प्रशासन कार्यालय, जाजरकोट, भेरी नगरपालिका र नलगाड नगरपकालिका जाजरकोटमा समन्वयात्मक भेटघाट सम्पन्न गरेको छ । उक्त समन्वयात्मक भेटमा जिल्ला प्रशासासन कार्यालय जाजारकोटका निमित प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले सहयोगी निकायहरुलाई समन्वयात्मक रुपमा काम गर्न आफूहरु तयार रहेको र आगामी दिनमा समेत समन्वय र साझेदारीमा अघि वढेर पुनःस्थापनमा हातेमालो गरेर जाने बताएका छन् । त्यसै गरी भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तिले स्वास्थ्य, शिक्षा, जिवीकोपार्जन र सरसफाई केन्द्रीत कार्यक्रमहरुको आवश्यकता वढ्दै गएकाले आगामी दिनमा त्यतातिरको योजना सहितको कार्यक्रम सञ्चालनका लागि सुझाव दिएका छन् । विभिन्न तहमा भएका समन्वयात्मक भेटमा कन्ट्री डाइरेक्टर रामकिसनले स्वास्थ्य र जिविकोपार्जनको क्षेत्रमा कार्यक्रम सञ्चालनको पहल गर्न सकिने सम्भावना व्यक्त गरेका छन् । उक्त भेटघाट कार्यक्रममा प्लान नेपालका क्षेत्रिय व्यवस्थापक मिना पराजुली सहितको टिम र स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य सहितको सहभागिता रहेको थियो । 

यसै वीच प्लान इन्टरनेशनल नेपालका क्षेत्रिय व्यवस्थापक मिना पराजुलीले प्लाान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर सहितको टिमले जाजरकोट र आठविसकोट रुकुम पश्चिमको भुकम्प प्रभावित क्षेत्रको वास्तविक अवस्था जानकारी भएको र आगामी दिनमा थप कार्यक्रमको योजना तयारमा सहयोग पुग्ने जानकारी दिनु भयो । साथै कार्यक्रम सञ्चालन गरिरहेको साझेदार संस्था स्याक नेपालका जाजरकोट परियोजना कार्यालयका परियोजना संयोजक रेशम चन्दले भुकम्प प्रभावितका लागि बहुक्षेत्रिय प्रतिकार्य कार्यक्रम हाल जाजारकोट जिल्लाको भेरी र नलगाड एवम् रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सञ्चालन भइरहेको र उक्त कार्यक्रमवाट १५० घरधुरीका लागि अस्थायी आवास र शौचालय निर्माण, ६ वटा अस्थायी सिकाइ केन्द्र निर्माण, ९ वटा खानेपानी योजनाको मर्मत सम्भार, १९० भत्केका घरको सफाई जस्ता क्रियाकलापहरु कामको लागि नगद अवधारणामा र सरसफाई सामाग्री, डिग्निटी किट, भान्सा सामाग्री लगायत न्यानो कपडा सहयोग कार्यक्रम संरक्षणका दृष्टिकोणले सञ्चालन गरिरहेको जानकारी दिए ।  


 

प्रतिकृया दिनुहोस

भूकम्पको बहानामा जाजरकोटमा हुने वनक्षेत्र अतिक्रमण रोक्ने सर्वपक्षीय निर्णय

# समाचार

  जाजरकोट । भूकम्पपछिको अस्थायी आवास निर्माणको बहानामा जाजरकोटमा सामुदायिक वन क्षेत्र अतिक्रमण बढेको भन्दै सरोकारवाला निकायले यस्ता गैरकानुनी

जाजरकोटको चंखीलामा इलाका प्रशासन कार्यालयको उद्घाटन

# समाचार

जाजरकोट । पश्चिम जाजरकोटका नागरिकहरू नागरिकता लिनका लागि सदरमुकाम खलंगा आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । उनीहरूले अब स्थानीय स्तरबाटै नागरिकता

कोहलपुर बाट जाजरकोटका बिजय शाही सम्पर्क विहीन

# समाचार

जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोट जजायका विजय शाही कोहलपुर बसपार्क बाट सम्पर्कविहीन भएका छन् । ३० बर्षिय शाही संखुवासभा बाट