भूकम्पको बहानामा जाजरकोटमा हुने वनक्षेत्र अतिक्रमण रोक्ने सर्वपक्षीय निर्णय

 

जाजरकोट । भूकम्पपछिको अस्थायी आवास निर्माणको बहानामा जाजरकोटमा सामुदायिक वन क्षेत्र अतिक्रमण बढेको भन्दै सरोकारवाला निकायले यस्ता गैरकानुनी कार्यलाई निरुत्साहित गर्ने निर्णय गरेका छन् ।

डिभिजन वन कार्यालय जाजरकोटमा आज बसेको सामुदायिक वनका पदाधिकारी, वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकारलगायतको बैठकले अस्थायी टहरा निर्माणका लागि नियमानुसार काठ उपलब्ध गराउने तर वन अतिक्रमण हुन नदिनका लागि एक हुने निर्णय गरेको हो । 

कायममुकायम डिभिजनल वन अधिकृत राधाकृष्ण दासले सीआईएनको संयोजन, जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम जीवनरक्षाको आज बिहानको अङ्कमा वन क्षेत्रमा गलत नियत भएकाहरूले अतिक्रमण सुरु गरेको र सरोकारवालालाई बोलाएर आवश्यक निर्णय लिने प्रतिबद्धता जनाउनुभएको थियो । बिहान साढे ११ बजे डिभिजन वन कार्यालय परिसरमा भएको आकस्मिक छलफलले वन क्षेत्रमा अस्थायी टहरा बनाउन नदिनका लागि सामुदायिक वनले पहल गर्ने, वन क्षेत्रमा हुने गैरकानुनी टहरा निर्माण कार्य रोक्न सम्बन्धित वडा कार्यालय, राजनीतिक दललगायतले निरुत्साहित गर्ने निर्णय लिएको कायममुकायम डिभिजनल वन अधिकृत दासले बताउनुभयो ।

उहाँका अनुसार भूकम्प प्रभावित नागरिकलाई सामुदायिक वनबाट स्वीकृत कार्ययोजनाभित्र रही कर्मचारीको प्राविधिक सहयोगमा निशुल्क काठ, दाउरा वितरण भइरहेको छ । 

यसरी सुविधा दिँदादिँदै पनि केही सामुदायिक वनमा उपभोक्ताले मनलाग्दी वन क्षेत्रबाट कटान र फडानी गर्न लागेको भन्दै जाजरकोटको नलगाड, कुशेलगायतका स्थानबाट कार्यक्रम जीवनरक्षामा उपभोक्ताले गुनासो गरेका थिए ।

भूकम्पको बहानामा अटेर गरी गैरकानुनी कार्य नरोकिएमा विधान, कार्ययोजना, ऐन, नियमावली अनुसार कारबाही गर्ने निर्णय पनि आज भएको छ ।

भेरी नगरपालिका वडा नम्बर ३ मा रहेको कालागाउँ स्याँलापाखा सामुदायिक वनमा गस्ती गर्नका लागि लालबहादुर नेपालीको संयोजकत्वमा  टोली गठन गरिएको छ ।

सरोकारवाला निकायको बैठकले वनक्षेत्रमा गैरकानुनी रूपमा बनाइएका घरमा बिजुली, पानीको लाइन नदिन खानेपानी कार्यालय, उपभोक्ता समूह र विद्युत प्राधिकरणलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।  

अतिक्रमण गरी गैरकानुनी तरिकाले घर, छाप्रो बनाउने व्यक्तिलाई सरकारी सेवासुविधा कटौती गर्ने नगर कार्यपालिकाको कार्यालय, गाउँपालिका कार्यालय र वडा कार्यालयलाई निर्णय पनि आजको बैठकले गरेको छ । 

प्रतिकृया दिनुहोस

 मानविय सहायताका लागि स्याक नेपालको स्थानीय सरकारलाई साथ

# समाचार

जाजरकाेट । जाजरकोट भुकम्प प्रभावितहरुको लागि विभिन्न सरकारी, गैहसरकारी तथा नीजि एवम् व्यक्तिगत राहात सहायता कार्यले निरन्तरता पाउनुका साथै

जाजरकोटको चंखीलामा इलाका प्रशासन कार्यालयको उद्घाटन

# समाचार

जाजरकोट । पश्चिम जाजरकोटका नागरिकहरू नागरिकता लिनका लागि सदरमुकाम खलंगा आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । उनीहरूले अब स्थानीय स्तरबाटै नागरिकता

कोहलपुर बाट जाजरकोटका बिजय शाही सम्पर्क विहीन

# समाचार

जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोट जजायका विजय शाही कोहलपुर बसपार्क बाट सम्पर्कविहीन भएका छन् । ३० बर्षिय शाही संखुवासभा बाट