जाजरकोटको चंखीलामा इलाका प्रशासन कार्यालयको उद्घाटन

जाजरकोट । पश्चिम जाजरकोटका नागरिकहरू नागरिकता लिनका लागि सदरमुकाम खलंगा आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । उनीहरूले अब स्थानीय स्तरबाटै नागरिकता पाउने भएका हुन् ।

यसअघि खलंगास्थित जिल्ला प्रशासन कार्यालयबाट प्रशासनिक सेवा लिइरहेका छेडागाड नगरपालिका,जुनीचाँदे, कुशे र शिवालय गाउँपालिका स्थानीले अब चंखिला बाटै सेवा लिन पाउने छन् । कुशे गाउँपालिका भित्रका वडा नं। १,२,३ र ४ का जनताले सेवा पाउने छन् ।

जाजरकोटको पश्चिमी क्षेत्र चंखिलामा आज ९बुधबार० देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि पश्चिम जाजरकोटका नागरिकहरू हर्षित भएका छन् । छेडागाड नगरपालिका —५ चंखिलामा बुधबार औपचारिक कार्यक्रमको आयोजना गरी सेवा प्रारम्भ गरिएको छ । सेवा प्रारम्भ दिनको अवसरमा आज एउटा ओटा नागरिकता समेत वितरण गरिएको छ ।
सो अवसरमा स्थानीय सीता कुमारी गिरीले नागरिकता प्राप्त गरेकी छन् । नागरिकता प्राप्त गरेपछि स्थानीय गिरीले खुसी व्यक्त गरिन् ।

उक्त कार्यालयबाट प्रशासनिक कार्यहरू अन्तर्गत नयाँ नागरिकता, सिफारिस र प्रतिलिपीको कामहरू सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । उनका अनुसार क्रमश, राहदानी, मतदाता नामावलीको काम समेत सञ्चालन हुनेछ ।

इलाका प्रशासन कार्यालयको नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रशासनिक सेवा प्रारम्भ गर्ने मतदातालाई दिएको प्रतिबद्धता पूरा गरिएको जानकारी दिए । निर्वाचनका बेलामा हुने राजनैतिक प्रतिस्पर्धा एक किसिमको भएपनि जनतालाई सेवा दिने र विकास गर्ने कुरामा सबै दलहरू एकताबद्ध भएर जानुपर्ने बताए । ‘सबैलाई सँगै लिएर जानु मुलुकको आवश्यकता हो,’ उनले भने ।

प्रतिकृया दिनुहोस

 मानविय सहायताका लागि स्याक नेपालको स्थानीय सरकारलाई साथ

# समाचार

जाजरकाेट । जाजरकोट भुकम्प प्रभावितहरुको लागि विभिन्न सरकारी, गैहसरकारी तथा नीजि एवम् व्यक्तिगत राहात सहायता कार्यले निरन्तरता पाउनुका साथै

भूकम्पको बहानामा जाजरकोटमा हुने वनक्षेत्र अतिक्रमण रोक्ने सर्वपक्षीय निर्णय

# समाचार

  जाजरकोट । भूकम्पपछिको अस्थायी आवास निर्माणको बहानामा जाजरकोटमा सामुदायिक वन क्षेत्र अतिक्रमण बढेको भन्दै सरोकारवाला निकायले यस्ता गैरकानुनी

कोहलपुर बाट जाजरकोटका बिजय शाही सम्पर्क विहीन

# समाचार

जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोट जजायका विजय शाही कोहलपुर बसपार्क बाट सम्पर्कविहीन भएका छन् । ३० बर्षिय शाही संखुवासभा बाट