थ्रीस्टारलाई हराउँदै‌ं पुलिस फाइनलमा

पोखरा । विभागीय टिम नेपाल पुलिस क्लब १८ औं आहा रारा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा साविक विजेता थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै पुलिसले फाइनलमा स्थान बनाएको हो । 

निरकुमार राईको २ र भरत शाहको एक गोलको मद्दतमा पुलिसले फाइनलमा पुगेको हो ।

खेलको सुरुआतदेखि नै पुलिसले थ्रीस्टारलाई दबाबमा राखेको थियो । खेल सुरु भएको ८ औं मिनेटमै कप्तान भरत शाहले गोल गरेर पुलिसलाई अग्रता दिलाए ।

खेलको ५१ औं मिनेटमा निरकुमार राईले दोस्रो गोल गरेर अग्रता दोब्बर बनाए । राईले नै ७२ औं मिनेटमा अर्को गोल थपे । खेलमा राई ‘म्यान अफ द म्याच’ भए ।

प्रतियोगिताअन्तर्गत बिहीबार त्रिभुवन आर्मी क्लब र मनाङ मरस्याङ्दी क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हाप्की डो संघ कर्णालीको अध्यक्षमा सल्यानका खेलाडि पुन चयन

# खेलकुद

सल्यान। नेपाल मार्सल आर्टस, हाप्की डो संघ कर्णालीको अध्यक्षमा शेर बहादुर पुन चयन भएका छन् । विहिबार विरेन्द्र नगर सुर्खेतमा सम्पन्न कार्यक्रमले

चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा जाउलाखेल युथ क्लब

# खेलकुद

मलंगवा । जाउलाखेल युथ क्लब सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा

रोनाल्डो पनि क्वारेन्टाइनमा

# खेलकुद

काठमाडौं । विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटलबरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो