भेरी नगरपालिकाले ल्यायाे ६८ कराेडकाे बजेट
जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट ल्याएको छ ।
नगरपालिकाको बिहिबार सम्पन्न बजेट सभामा उपप्रमुख भावना भण्डारीले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ६८ करोड ५ लाख ५८ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन ।
आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम सहितको बजेट वक्तब्यमा प्रशासनिक तथा चालु खर्च तर्फ रु १० करोड २३ लाख ६२ हजार ८ सय र पूँजीगत खर्चतर्फ रु १३ करोड ९५ लाख ९६ हजार, सर्शत अनुदान तर्फ ३३ करोड ७३ लाख र सामाजिक सुरक्षा भत्ता १० करोड १३ लाख बजेट प्रस्तुत गरिएको छ ।
प्रस्तुत नीति, कार्यक्रम तथा बजेटले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ भने कृषि, शिक्षा, पुर्वाधारका र विपद् व्यवस्थापनका क्षेत्रहरु क्रमशः प्राथमिकतामा परेका छन । नगरपालिकाले जातिय भेदभाव मुक्त नगर घोषणाका लागि अभियान संचालन, बालमैत्री नगर घोषणाका लागि मेयरसंग वालवालिका कार्यक्रम, महिलासंग उपमेयर कार्यक्रम, शववहान खरिद जस्ता कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेको छ ।
सभाको समापन गर्दै नगरप्रमुख चन्द्र प्रकाश घर्तीले संघीय तथा प्रदेश सरकारको प्राथमिकताको आधारलाई मध्यनजर गरेर बजेट ल्याईएको बताए । विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे कोभिड-१९ काे संकटकाे अवस्थालाई ख्याल गरेर स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको नगर प्रमुख घर्तीको भनाई छ । स्थानीय तहहरूले अषाढ १० गते भित्र नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिसक्नु पर्ने संवैधानिक व्यवस्था बमाेजिम भेरी नगरपालिकाले बुधबार सभाकाे उद्घाटन गरेर विहिवार सम्पन्न गरेकाे हाे ।
जलविद्युत आयोवना सुब्बाकुनाको काम अगाडि बढ्यो,जहरेको अझै लम्बियो
# अर्थ
जाजरकोट सुर्खेतको सुब्बाकुनामा (१३२, ३३ ,११) केभी प्रसारण लाइनको सवस्टेशन निर्माण कार्य तीव्र पारिएको छ । प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा
माटोको ढिस्कोले पुरिएर जाजरकोटमा एक महिलाको मृत्यु
# अर्थ
जाजरकोट माटोको ढिस्कोले पुरिएर सोमबार जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । सडक छेउमा जाली लगाउनलाई फाउण्डेसन खन्नेक्रममा माथिबाट आएको माटोको
भेरी नदिमा र्याप्टीङ्गको सफल परिक्षण
# अर्थ
सल्यान । भेरी नदिमा जलयात्रा सम्भाव्यता अध्यन गरिएको छ । बनगाड कुपिण्डे नगरपालीकाको भेरी नदि पुल देखि नगरको सिमाना रैकर वजार धारापानी सम्मको जल

प्रतिकृया दिनुहोस